काठमाडौं – आज पनि पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ ।
हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


प्रतिक्रिया