काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’ स्थगित भएको छ ।
राष्ट्रिय राजनीतिलाई मध्यनजर गरेर अभियान स्थगित भएको महासचिव देव गुरुङले जानकारी दिए । रौतहटमा रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टोली अभियान स्थगित गरेर काठमाडौं फर्किँदैछन् ।
अभियान र पछिल्ला विकसित घटनाक्रमबारे छलफल गर्न भोलि पदाधिकारी बैठक बस्ने उनले बताए । पछिल्लो समयमा राजावादी शक्तिहरूको सक्रियतापछि माओवादीले अभियान स्थगित गरेको बताइन्छ ।
माओवादीले फागुन १२ गते झापाबाट एक महिने अभियान सुरु गरेको थियो । आज अध्यक्ष ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका थिए ।
राजावादीहरूले पुनः देशमा राजा फर्काउने हल्ला चलाए पनि त्यो सम्भव नभएकोे बताए ।


प्रतिक्रिया