राजनीति

ओलीको राष्ट्रिय सभाको संकट ट¥यो, एमालेमाथि माओवादी र रास्वपा खनिए, कुलमानलाई नेता बनाउ–कांग्रेस (भिडियो)


बिहीबार बसेको संसदको माथिल्लो सदन राष्ट्रिय सभाका सदस्यहरुको टिकाटिप्पणी झट् सुन्दा ‘कुखुरा काँ’ बाल कविता जस्तो अनुभूति गरायो । कविताको अन्तिम हरफ ‘खै गाई? खोलाले बगायो, खै खोला ? छ्याप्प सुक्यो ।’ भने जस्तै झल्को दिने गरी अध्यादेशको विषयमा दोहोरी चल्यो ।

राष्ट्रिय सभामा पेस भएका अध्यादेश अस्वीकृत प्रस्ताव पेस गर्दै राष्ट्रिय सभाका सदस्यहरुले भूमि अध्यादेशको खोजी गर्दै ‘भूमि अध्यादेश कता हरायो ? पानीजहाज चढेर आएको पाँच वटा पौडिएर, बौरिएर यहाँसम्म आएछन् । भूमिसुधार अध्यादेशको निधन भयो ।’ जस्ता टिप्पणी गर्न भ्याए ।