राजनीति

मधेशमा प्रचण्डको रापतापले अरु दलमा छट्पटी, दिनदिनै जनतासँगै खाना, धोती लाउँदैमा जित्लान् मधेशीको मन ?(भिडियो)


काठमाडौं—सातादेखि मधेशलाई डेरा बनाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यहाँका जनताको घरदैलो धाइरहेका छन् । बिहान झिसमिसेमा मर्निङवाकदेखि राति नसुतुन्जेलसम्म जनताको सहानुभूति बटुल्न र समस्या सुन्नमा उनलाई भ्याइ नभ्याइ छ ।

अहिले आफू फेरिएको र जनप्रेमी काम आफू नेतृत्वको माओवादीबाट मात्र सम्भव भएको सन्देश प्रवाह गर्न दल बलसहित उनी मधेश दौडाहामा छन् । विहीबार महोत्तरीको जलेश्वरदेखि सीमावर्ती क्षेत्र भिठामाडसम्म मर्निङवाक गर्न भ्याएका प्रचण्ड लोकतन्त्रको फूलको रुपमा उनैले व्याख्या गरेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको घर पुगे ।

केन्द्र सरकारसँग सिगौँरी खेल्दै आएका बालेनको पुख्र्यौली घर पुगेर प्रचण्डले ‘हामी नै मिलेर देश बनाउनु पर्छ’ भन्दै अपिल गरे । महोत्तरीको एकडारास्थित बालेनको पुख्र्यौली घरमै आयोजित कार्यक्रममा बोल्दै गर्दा प्रचण्डले आफूले रमाइलो महसुस गरेको सुनाए । साथै उनले मेयर बालेनलाई समेत सम्झिए ।