राजनीति

ओली–देउवासँग हारे प्रचण्ड–रवि, हरेक अस्त्र फेल,BRI देखि अध्यादेशसम्म सत्ताकै जित (भिडियो)


काठमाडौं—‘दुश्मन हेरेको हे¥यै, केटो हेरेको हे¥यै’ सामाजिक सञ्जालमा भाइरल गायक दुर्गेश थापाको यो गीत नेपाली राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको हकमा ठ्याक्कै मेल खाएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीविरुद्ध सार्वजनिक मञ्चहरुमै नाराबाजी हुने गरेको छ । विपक्षी दलका नेता तथा कार्यकर्ताको लखेटाइमा त परेकै छन् सत्तारुढ दलका नेताहरुले समेत प्रधानमन्त्री ओलीको आलोचना गर्दै आएका छन् । सडकदेखि सदनसम्मै राजावादी र गणतन्त्रवादी विपक्षी दलहरुको घेराबन्दीमा प्रधानमन्त्री ओली छन् । तर ती सबै विरोध र आलोचनालाई छिचोल्दै ओली आफ्नो एकपछि अर्को रणनीतिमा सफल भइरहेका छन् । ‘के भुके हजार….हात्ती छन् बजार’ भन्दै उनी आफ्नो गतिमा रत्ती पनि ढमगाएको देखिँदैन ।

यता प्रधानमन्त्री ओलीका दुश्मन अर्थात विपक्षीहरु भने हेरेको हे¥यै बनिरहेका छन् । सडकदेखि सदनसम्मै प्रतिपक्षीहरु प्रधानमन्त्री ओली र सरकारविरुद्ध रोइकराई गरिरहेका छन् । विरोध र आलोचनाका बीच कति पनि टसमस नभएका ओलीलाई प्रतिपक्षी दलहरुले भने हिटलर कै शंज्ञा दिन भ्याएका छन् । तर पनि अहिलेको राजनीतिक परिदृष्यमा प्रतिपक्षी मोर्चामाथि ओली भारी परेका छन् ।