काठमाडौं – स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँ बढेर एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य ३५ रुपैयाँ बढेर एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया