समाचार

पूर्वयुवराज पारस शाहलाई आईसीयूबाट क्याबिनमा सारियो


काठमाडौं—हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहलाई आईसीयूबाट क्याबिनमा सारिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।

शाहलाई आइतबार साँझ हृदयघात भएपछि नर्भिक अस्पताल पु¥याइएको थियो । चिकित्सकले तत्काल आवश्यक परीक्षणपछि तत्कालै कोरोनरी एन्जियोग्राम गरेको थिए । एन्जियोग्राममा उनको मुटुको धमनी पूर्ण रुपमा बन्द भएको पत्ता लगाएसँगै एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण गरि धमनी खुलाएका थिए ।

उपचारमा संलग्न चिकित्सका अनुसार चिकित्सकका अनुसार पारसलाई अहिले चौथो पटक हृदयघात भएको हो । राज परिवारमा हृदयघात वंशाणुगत समस्या रहेकाले पारसमा पनि हृदयघात हुनुमा बढी वंशाणुगत कुराले प्रभाव पारेको ती चिकित्सकले बताए ।