समाचार

२२ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पक्राउ


काठमाडौं—थाइल्याण्डबाट आएको २२ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पक्राउ परेका छन् । विमानस्थलस्थित सशस्त्र प्रहरीको भन्सार सुरक्षा बेसले उक्त गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ४० वर्षीय पुरुष र ३७ वर्षीय भारतीय महिला रहेको प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनीहरु थाई एयरवेजको उडान नं. टीजी३१९ बाट नेपाल आएका थिए ।

लगेज भित्र चक्लेटको प्याकेट बनाइ गाँजा ल्याइएको थापाले बताए । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धानका लागि लागू औषध नियन्त्रण ब्यूरोमा पठाइएको प्रहरीले जनाएको छ ।