काठमाडौं—नेपाली कांग्रेसका देशभरका क्षेत्रीय सभापतिहरूको दुई दिने प्रशिक्षण रुपन्देहीको भैरहवामा आज सुरु हुँदैछ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज र भोलि हुने प्रशिक्षणमा संघीय र प्रदेश सभा निर्वाचन क्षेत्रका सभापति र प्रशिक्षण शाखा प्रमुखसमेत गरी ३३० जना सहभागी हुँदैछन् ।
१६५ संघीय निर्वाचन क्षेत्रमध्ये १३० निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापति र प्रशिक्षण शाखा प्रमुख गरी २६० जना र एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाका ७० वटा प्रदेश सभा निर्वाचन क्षेत्रबाट ७० जना क्षेत्रीय सभापति गरी ३३० जनालाई प्रशिक्षण दिइने कांग्रेसले जनाएको छ ।
उद्घाटन सत्रमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का, नेता डा शेखर कोइराला लगायत सहभागी हुनुहुनेछ ।


प्रतिक्रिया