Breaking

फेरि बालेन–सुनिता भिड्दै, ओलीको पक्षमा बोलेपछि, अलपत्र पर्दै काठमाडौं महानगर, तलब रोकियो(भिडियो)


काठमाडौं—काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह निरन्तर केन्द्र सरकारसँग भिड्दै आएका छन् । सरकार र प्रधानमन्त्रीसँग भिड्ने ल्याकत यदि कुनै स्थानीय तहका प्रमुखले गर्छन् भने ती व्यक्ति मेयर बालेन नै हुन् । प्रमुख प्रशासकीय अधिकृत पठाइ दिन आग्रह गरिरहेका मेयर बालेन र केन्द्र सरकारबीचको बढ्दो टसलको मारमा भने महानगरका कर्मचारी तथा सर्वसाधारण नागरिक परेका छन् ।

देश र जनताको सेवामा समर्पित हुनु पर्ने बाघदरबार र सिंहदरबारबीच नै टसल बढ्दा महानगरको काम कारबाहीदेखि विकास निर्माण कार्यसमेत प्रभावित भइरहेको छ । यसका साथै स्थानीय सरकार र केन्द्र सरकारबीच सहकार्य र समन्वय नहुँदा सिंगो संघीय व्यवस्थाप्रति नै गलत सन्देश प्रवाह भएको छ ।

सिंहदरबार र बाघदरबारबीच वारकै अवस्था सिर्जना हुँदा नागरिकका साथै काठमाडौं महानगरपालिकाका कर्मचारीहरुलेसमेत करिब तीन महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन् । साँढेको जुधाईं बाच्छाको मिचाई भने झै, ओली र बालेनको जुँगाको लडाईंले कर्मचारी र सेवाग्राही नागरिक मारमा परेका छन् । बढ्दो टसलकाबीच काठमाडौं महानरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भने लामो मौनतालाई तोड्दै आफ्नो धारणा राखेकी छन् ।