काठमाडौं—नेकपा एमालेले ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकार निर्माणको प्रकियालाई अघि बढाउन सरोकारवालासँग छलफल गर्ने भएको छ ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले यसबारे चासो राखेको महासचिव शंकर पोखरेलले जानकारी दिए । पोखरेलले पाथीभरा केबलकार निर्माणको सन्दर्भमा स्थानीय जनप्रतिनिधि, सरोकारवालासँग विवाद समाधान गर्ने बताए ।
उनले केबलकार निर्माणको प्रक्रियालाई अघि बढाउन सहज वातावरण बनाउन सरोकावालासँग छलफल गर्न पार्टीले चासो राखेको बताए ।


प्रतिक्रिया