Breaking

कांग्रेस–एमाले गठबन्धनको सरकार असक्षम सावित भइसकेको जसपा अध्यक्ष यादवको टिप्पणी

योहो संवाददाता

काठमाडौं—जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस– नेकपा एमाले गठबन्धनको सरकार असक्षम सावित भइसकेको टिप्पणी गरेका छन् । आज पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी केन्द्रिय कमिटिको बैठकमा राजनीतिक, संगठनात्मक प्रतिवेदन तथा प्रश्तावहरु प्रश्तुत गर्दै अध्यक्ष यादवले यस्तो टिप्पणी गरेका हुन् ।

सरकारप्रति जनतामा नैरास्यता बढ्दो क्रममा रहेको उनको भनाइ छ । अध्यक्ष यादवले सरकारमा सहभागी दलका नेता र तिनका परिवारको सदस्यहरु नै ठूला–ठूला भ्रष्टाचार काण्डमा संलग्न रहेको प्रमाण भेटिदा पनि त्यसविरुद्ध सरकार मौन रहेको आरोप लगाए ।

उजले केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लम्ब्याउन जालझेल गर्ने, अरु दललाई कमजोर बनाउने नीति लिएको उल्लेख गरे ।
अध्यक्ष यादवले संसद अधिवेशन आह्वान गर्नुपर्ने बेलामा महत्वपूर्ण कानूनहरु अध्यादेशमार्फत ल्याउनु सरकारको स्वार्थ देखिएको आरोप लगए।