Breaking

रिंकुकुमारीको मृत्युमा संल्ग्न दोषीलाई कडा कारबाही गर्ने गृहमन्त्रीकोे प्रतिबद्धता

योहो संवाददाता

काठमाडौं—गृहमन्त्री रमेश लेखकले सिराहको नवराजपुर गाउँपालिकाकी १७ वर्षीय रिंकुकुमारी सदायको मृत्युमा संल्ग्न दोषीलाई कडा कारबाही हुने प्रतिबद्धता जनाएका छन् । आज राष्ट्रियसभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

गत माघ ३० गते रिंकु कुमारी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । यो सम्बन्धमा स्थानीय १९ वर्षीय रुपेश मण्डलको विरुद्धमा आत्महत्या दरुत्साहन शीर्षकमा जाहेरी परेपछि पक्राउ पुर्जी जारी भएको छ ।

यस्तै गृहमन्त्री लेखकले पाथीभरा केबलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तीपूर्ण समाधान चाहेको बताए। उनले आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समूदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको समेत बताए ।