काठमाडौं—गृहमन्त्री रमेश लेखकले सिराहको नवराजपुर गाउँपालिकाकी १७ वर्षीय रिंकुकुमारी सदायको मृत्युमा संल्ग्न दोषीलाई कडा कारबाही हुने प्रतिबद्धता जनाएका छन् । आज राष्ट्रियसभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
गत माघ ३० गते रिंकु कुमारी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । यो सम्बन्धमा स्थानीय १९ वर्षीय रुपेश मण्डलको विरुद्धमा आत्महत्या दरुत्साहन शीर्षकमा जाहेरी परेपछि पक्राउ पुर्जी जारी भएको छ ।
यस्तै गृहमन्त्री लेखकले पाथीभरा केबलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तीपूर्ण समाधान चाहेको बताए। उनले आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समूदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको समेत बताए ।


प्रतिक्रिया