काठमाडौंको नयाँबानेश्वरमा गुठीपीडित र प्रहरीबीच झडप भएको छ । आज ‘स्वर्गद्वारी गुठी पीडित मोहीकिसान सङ्घर्ष समिति’ले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो ।
झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगापौडेल घाइते हुनुभएको छ । उहाँलाईउपचारकालागिसिभिल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीले १२ जना गुठीपीडित प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । दाङको स्वर्गद्वारी गुठीका मोहीकिसानलालपुर्जा माग्दै गत माघ २० गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीनधर्नामा बसेका छन् ।।


प्रतिक्रिया