नेपालमै पहिलो पटक सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) कन्फेरेन्स आयोजना भएको छ ।
एसईओ एजेन्सी ओर्का सोसल्सले फागुन १६ गते शुक्रबार नेपालमै पहिलो पटक सर्च एसईओ कन्फेरेन्स आयोजना गरेको हो ।
कन्फेरेन्सले विज्ञ, डिजिटल मार्केटर, फ्रिल्यान्सर र बिजनेस ओनरलाई एकै ठाउँमा ल्याउन सफल भएको ओर्का सोसल्सका संस्थापक रामबाबु थापाले बताए ।
एसईओलाई करियर र व्यवसायिक साधनको रूपमा परिचित गराउने उद्देश्यसहित कन्फेरेन्स आयोजना गरिएको थियो । बिहान ९ बजेदेखि स्क्वायर होटल पुलचोकमा सुरू भएको कार्यक्रम साँझ ५ बजेसम्म सञ्चालन भएको थियो ।
वर्डप्रेस कम्युनिटी नेपाल र अन्तर्राष्ट्रिय एसईओ विज्ञहरूको सहकार्यमा सञ्चालन गरिएको कन्फेरेन्समा १०० बढी एसईओ व्यवसायी, उद्यमी, विद्यार्थी र फ्रिल्यान्सरहरूको सहभागीता रहेको थियो ।

कार्यक्रममा ‘नेपालमा एसईओ सेवाको दायरा र आवश्यकता’ विषयमा प्यानल छलफल हुनुका साथै डिजिटल मार्केटिङ, पेड विज्ञापन, एआई अटोमेसन, फ्रिल्यान्सिङका विषयमा छलफल समेत भएको थियो ।

सम्मेलनमा वक्ताको रूपमा ओर्का सोसल्सका संस्थापक तथा एसईओ विज्ञ रामबाबु थापा, हान्सिकार टेक्नोलोजीका संस्थापक आदित्य भट्ट, सिकुम्न नेपाल संस्थापक तथा डिजिटल मार्केटिङ प्रशिक्षक डिजिटल सौगात र सोसल एम्बियन्सका संस्थापक दिपेश सापकोटा रहेका थिए ।

सम्मेलनपछि पनि ‘SEO Aware Nepal’ अभियानमार्फत वेबिनारहरू, परामर्श कार्यक्रमहरू पनि जारी राख्ने थापाको भनाइ छ । यस्ता सम्मेलनले एसईओको जनचेतना फैलाउन र क्षमता अभिवृद्धि गर्न ठूलो भूमिका खेल्ने समेत थापाले जानकारी दिए ।



प्रतिक्रिया