अन्तर्राष्ट्रिय

ट्रम्पसँग जेलेन्स्कीे जाइलागेपछि लफडा,विश्वका नेताविभाजित


अमेरिकामायुक्रेनी राष्ट्रपति जेलेन्सीमाथिभएको व्यवहारले नयाँवहस सिर्जना गरेको छ । जसले अमेरिकाको मुखुण्डो खोलिदाँयुक्रेको भविष्यबारे चासो र चिन्ता बढेको हो ।

शक्तिले शेर भएका र त्यहीउन्मादबोकेर विश्वलाई नै दाहाड्न खोजेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ओपन च्यालेन्जऔलाठड्याउन सक्ने ल्याकत कसैमादेखियो भने सायदतीयुक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नै हुन् ।

शुक्रबार ह्वाइटहाउसमा विश्वशक्तिराष्ट्र अमेरिकाका राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सको माथा गरम हुने गरी जेलेन्स्कीले गरेको प्रतिवादले अहिले विश्व तरंगित छ ।
रुससंगको युद्धले सर्वश्वगुमाइसकेका जेलेन्स्कीले अमेरिकमा बेइजती खेप्नु परेपछि
मर्ताक्यानहिकर्ताको शैलीमा ट्रम्पसंग टकराब उठाएका छन् । युक्रेनकालागि अमेरिकासंगको टक्कर पहाडसंग कुहिनो जुधाए बराबर नै हो । तरत्यतिजान्दाजान्दै पनिशक्तिको रागले राँगो हुनखोज्ने ट्रम्पसंग जलेन्स्कीले मोलेको दुश्मनीले अबयुक्रेनको हविगतकूनहालतमा पुग्छ भन्ने अर्को चिन्ताको विषयबनेको छ ।

खनिजमाआँखा गाडेर पाहुनाको रुपमा रातो कार्पेट विछ्याउदै,कोठामा हुलेरअपमानितहुने गरी झाँको झार्ने ट्रम्पको शैलीपनिदम्भको उपजहो । यो माहोल भड्काउनउपराष्टपति जेडीले आँगोमा घिउ थप्ने काम गरेकाछन् । जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिले धुरिएर थर्काउदानजिकै रहेकीयुक्रेनी राजदूतओक्साना रोइरहेको भिडियोले अहिले धेरैको मन अमिलो बनाएको छ।

भेटबार्ता कसरी भाडिएर विवादमा परिणत भयो ?

सुरुमा सम्वाद सौहाद्रपूर्ण थियो । ट्रम्पले युक्रेनी सैनिक र जनताको तारिफ गरेर बहादुरीको
सम्मानमाशब्दखर्चिन्छन् ।खुसीले मख्खभएका जेलेन्स्कीको अनुहारमाचमक देखिन्छ । तर जेलेन्स्कीको चमकहराउननपाउँदै ट्रम्पले थप्छन् ,अब युद्ध रोकिने समय भयो । त्यसपछिउनको अनुहारमा ग्रहण लाग्छ ।

यतिसम्महुँदापनिखासै ठूलो असर परिसकेको हुँदैन । ट्रम्प बोलेपछि जेलेन्स्कीले पुटिनको नामलिएर हत्यारा र आतंककारी भन्छन् । यसो भन्दा ट्रम्प र भेन्स दुवै शान्तथिए । जेलेन्स्कीले पुटिनले २५ पटक सम्झौता उल्लङघन गरे भनेपछि ट्रम्पले लगतै थप्छन्, ‘मसँगको सम्झौता उल्लङघन भएको छैन ।’

सुरुमायत्तिमात्रै बिमति देखिएको थियो । ट्रम्पले पत्रकारहरुको प्रश्नमाआफू यूक्रेन र रुस कसैको पक्षमानभएको आफू शान्तिको पक्षमाभएको र, अमेरिकाको शान्तिनिर्माता राष्ट्रपतिको रुपमाचिनिनचाहेको बताउँछन् ।

उताजेलेन्स्कीले अमेरिकी आडभरोसामै युद्ध गर्ने तर अमेरिकाले भन्दैमा रोक्दिनँभनेपछि ट्रम्पको अनुहारमाबादल मडारिन्छ । त्यसपछि ट्रम्पले जेलेन्स्कीलाई अमेरिकाको सहयोगकालागिआभारी हुनुपर्छ भने।आफ्नो कुरा नमान्ने बुझेपछि चिढिएरका ट्रम्ले अलिचर्को स्वरमा धम्कीदिन्छन् ।

‘तपाईं लाखौँ मानिसको जीवनसँगजुवा खेल्दै हुनुहुन्छ। तपाईं तेस्रो विश्वयुद्धको जोखिममा हुनुहुन्छ। अनितपाईं जे गर्दै हुनुहुन्छ, त्यो यो देश (अमेरिकाकाकालागि ठूलो अपमानहो।”

ट्रम्प र उपराष्ट्रपति जेडी भान्स दुवैले जेलेन्स्कीसँगचर्को बहस गरेपछि आक्रामक रुपमा प्रस्तुतभएका जेलेन्स्कीलेभने, ’ठूलो स्वरमाबोल्न बन्दगर्नुहोस्।’त्यसपछि भान्सले भने, ‘युद्ध अन्त्यगर्न कूटनीति आवश्यक छ। तपाईं ओभल अफिसको अनादर गर्दै हुनुहुन्छ। यसले तनावलाई अझ बढायो।’भान्सको बचाउगर्दै ट्रम्पले थपे, ‘हामीले तपाईंलाई ३५० अर्ब डलर बराबरकाहतियार र सैन्य उपकरण दियौँ। तपाईंसँग हाम्राहतियार नभएकाभए यो युद्ध दुई हप्तामै समाप्तभइसक्थ्यो।’

जेलेन्स्कीले तुरुन्तप्रतिवाद गर्छन् ‘हो, हो यो युद्ध दुई वातीनदिनपनि टिक्दैन। मैले पुटिनबाट पनियही कुरा सुनेको छु।’दुवै पक्षबीचको यो भनाभन देखेर त्यहाँउपस्थितपत्रकारहरू छक्क पर्छन् ।यही घटनाको प्रतिबिम्बहो अमेरिकी समयअनुसार शुक्रबार भएको तनावपूर्ण अवस्था र जेलेन्स्कीलाई ह्वाइट हाउसबाट गरिएको निकाला ।यो विवादले माहोल भाडिएपछि ह्वाइटहाउसबाट जेलेन्स्कीलाई निकालागरिएको छ। सयुक्त रुपमाआयोजनागर्ने भनिएको पत्रकार सम्मेलन रद्ध गरिएको छ।

यो घट्नापछि विश्वकाविभिन्न देशहरुले टिकाटिप्पणी सुरु गरेकाछन् । रुससंगको युद्ध र अमेरिकासंगको दुश्मनीले जेलेन्स्कीको जीवननै संटकमा परेको अर्थमापनि हेरिएको छ। जलेन्स्कीले अमेरिकासंग रुसबाट फेरि आक्रमण नहुने कुराको सुनिश्चितताग्यारेन्टी खोजेकाथिए । तर हतियार बाढेर युद्ध लडाएको अमेरिकाले अहिले खनिजमाआँखा गाडेर जेलेन्स्कीलाइगलाउनखोजेपछि उनले प्रतिवाद गरेकाछन् । ज्यान मृत्युको मुखमा राखेर पुटिनसंग गृहयुद्ध चलाईरहेकाउनले अमेरिका र त्यहाकानागरिकप्रतिभने सम्मानदर्शाएकाछन् । जेलेन्सीको झाँको झारेर शक्तिको दम्भ देखाउँदा ट्रम्पको हैसियतपनिउदांगो भएको छ।