Breaking

ज्ञानेन्द्र शाहलाई राजा घोषणा गर्दै काठमाडौंमा र्याली


काठमाडौं—शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा घोषणा गर्दै काठमाडौंमा ¥याली निकालेको छ । सामाखुसीमा जम्मा भएका उनीहरू मोटरसाइकल ¥याली निकाल्दै नारायणहिटीतर्फ प्रवेश गरेका छन् ।

नारायणहिटीमा श्रीमान् गम्भीर बनाउने र भित्रबाट श्रीपेच लगेर राजालाई लगाउने उनीहरूले बताएका छन् । प्रजातन्त्र दिवसका दिन पूर्वराजा शाहले दिएको सन्देशपछि अहिले राजावादीहरू सडकमा उत्रिन थालेका हुन् ।