Breaking

मुलकोटमा बस दुर्घटना, ८ घाइते


काठमाडौं—सिन्धुलीको विपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–५ मुल्कोटमा आज भएको सवारी दुर्घटनामा आठ जना घाइते भएका छन् । झापाबाट काठमाडौँतर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००६३

नम्बरको विद्युतीय गाडी तीव्र गतिका कारण अनियन्त्रित भई सडक छेउको डिभाइडरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाइतेको अवस्था खतरामुक्त छ । उनीहरूलाई थप उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ । सवारी चालक भने सकुशल रहेका छन् । सवारी चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।