Breaking

सत्तारुढ दुई दल कांग्रेस र एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै


काठमाडौं—सत्तारुढ दुई दल कांग्रेस र एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुने नेताहरूले बताएका छन् ।

संयन्त्रमा एमालेबाट प्रधानमन्त्री ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल रहेका छन् । यस्तै, कांग्रेसबाट सभापति शेरबहादुर देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा संयन्त्रमा छन् ।

सरकारले ल्याएका अध्यादेश संसद्बाट स्वीकृतिका लागि पटक–पटक मिति तोकिए पनि अघि बढ्न सकेको छैन । सरकारलाई समर्थन गरेका दलले नै अध्यादेशको विपक्षमा उभिने निर्णय गरेपछि सरकार नैतिक संकटमा परेको छ ।