राजनीति

काठमाडौं—वाक युद्धमा राजावादी र गणतन्त्रवादीको टकराव, ज्ञानेन्द्र शाही र रामहरिकै भिडन्त, कसरी फर्कन्छन् राजा ?(भिडियो)


राजावादी र गणतन्त्रवादीहरुबीचको वाकयुद्धले राष्ट्रिय राजनीति तरंगित छ । एकलेअर्कालाई खुल्याउन उद्यत राजावादी र गणतन्त्रवादीबीच पछिल्लो समय बढ्दो टसलले झनझन उग्ररुप लिन थालेको छ । सुरुवात सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाको यो अभिव्यक्तिबाट गरौं ।

उनको यो धक्कुले धेरैको ध्यान तानेको छ । संसद भवन परिसरमै उभिएर छाती फुलाएर जुन घमन्डका साथ राजामाथि बम हान्ने पार्टीका कार्यकर्ता भएको ढाडस उनलाई भारी परेको छ । माननीय ज्यूको यो धम्किपूर्ण अभिव्यक्तिपछि राजावादीहरु थप उत्तेजित बनेका छन् । सदनमा यो सुन्न बाँकी छ तर सडकमा उनीविरुद्ध राँके जुलुस निकाल्नेदेखि पुत्ला दहनसम्मका हर्कतहरु भएका छन् । सांसद खतिवडाले राजालाई बम हान्ने पार्टीको कार्यकर्ता हुँ भनेपछि राप्रपा निकट युवा संगठनले उनको पुत्ला दहन गर्दै जुलुस प्रदर्शन गरेको हो ।