Breaking

पार्टीका हिसाब : मीनबहादुरको दानले एमाले धनी, व्यापारीको कांग्रेस ऋणमा, माओवादी चन्दा पत्याएनन् ?


काठमाडौं—देश गरिब भए पनि जनता धनी हुने देश हो नेपाल । अझ जनताभन्दा पनि नेता धनी हुने देश । नेपालमा शासकहरुमाथि हरेक पटक उठ्ने प्रश्न हो–चप्पल पड्काएको फलानो आलिसान बंगलाको मालिक कसरी भयो ? चुनाव लड्न पैसा कहाँबाट आउँछ ? करोड खर्च गरेर चुनाव लडेपछि भ्रष्टाचार नगरी के गर्छ ? लगायत । तर, के तपाईंलाई थाहा छ, तिनै धनी नेताका पार्टी भने घाटामा चलिरहेका छन् ? आर्थिक वर्ष २०८०÷०८१ को लेखापरीक्षण प्रतिवेदन हेर्दा संसदमा प्रतिनिधित्व गर्ने एमाले मात्र नाफामा रहँदा सबै पार्टी घाटामा छन् ।
१. नेकपा एमाले
सत्तामा रहेको एमाले देशकै सबैभन्दा धनी पार्टी बनेको छ ।
आम्दानी–१४ करोड ७९ लाख ५ हजार ८०९
खर्च– ७ करोड ५० लाख ३८ हजार ३
बचत– ७ करोड २८ लाख ६७ हजार ८०५
योबीचमा एमालेले पार्टी कार्यालयको भवन निर्माण गर्ने भन्दै साधारण सदस्यहरुबाट एक सय रुपैयाँ तथा ठूला नेताले गच्छेअनुसारको सहयोग गरेका थिए । लेखापरीक्षण प्रतिवेदनमा विशेष सहयोग शीर्षकमा एमालेको खातामा ६ करोड २२ लाख रुपैयाँ जम्मा भएको देखिन्छ । अर्थात, व्यवसायी मीनबहादुर गुरुङले जग्गा दानमा दिने निर्णय गरेपछि एमाले नाफामा गएको देखिन्छ ।