लोकसेवा आयोगले निजामती सेवा ऐन अविलम्ब जारी गर्न सरकारलाई सुझाएको छ ।
लोक सेवा आयोगले ६५ औं वार्षिक प्रतिवेदनमार्फत यस्तो सुझाव दिएको हो । आयोगको वार्षिक प्रतिवेदन उपर बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले छलफल पनि गर्दैछ ।
निजामती सेवा ऐनको विधेयक उपर आयोगको परार्मश माग भई आएकोमा आयोगबाट परामर्श समेत उपलब्ध गराईसकिएको तर लामो समयदेखि निजामती सेवा ऐन जारी हुने प्रक्रियामै रहेको भनेर आयोगले सरकारको ध्यानाकर्षण गरेको हो ।
निजामती सेवा विधेयक प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा छ ।


प्रतिक्रिया