समाचार

मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस मनाउँदै


काठमाडौं—देशभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस मनाउँदै छन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन १५ गते मगर एकता दिवस मनाउने गरिएको छ ।

राष्ट्रिय जनगणना अनुसार नेपालमा मगर समुदायको जनसंख्या २० लाख १३ हजार ४९८ छ । मगर एकता दिवसको अवसरमा मगर बाहुल्य स्थानीय तहले पालिकामा सार्वजनिक बिदा दिएका छन् । दिवसको अवसरमा पूर्वी नवलपरासीका आठवटै पालिकाले सार्वजनिक बिदा दिएका छन् ।