काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेदेखि नै नेपाल विद्युत् प्राधिकरणसँगको सम्बन्ध सुमधुर हुन सकेको छैन । प्रधानमन्त्रीसँगै ऊर्जा, जलस्रोत तथा सिंचाईंमन्त्री दीपक खड्का पनि बारम्बार प्राधिकरणसँग भिडिरहेकै छन् । प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ देशकै कार्यकारी र तालुकदार मन्त्रीकै आँखोको तारो बन्दा सरकारसँग मातहतकै संयन्त्रको दूरी बढिरहेको छ । मन्त्रिपरिषद्बाटै सरकारी नियुक्ति पाएर प्राधिकरणको कार्यकारी बनेका घिसिङलाई हटाउन सरकार निरन्तर कसरत गरिरहेको छ । गत असार ३१ मा प्रधानमन्त्री भएयता ओली र ऊर्जामन्त्री खड्काको कुलमानलाई हटाउने प्रयास अहिले पनि जारी नै छ ।
Breaking


प्रतिक्रिया