मौसम

के अब पानि पर्ला त ?


काठमाडौं—आजदेखि पश्चिम नेपालबाट वर्षा गराउने अर्को प्रणाली भित्रन लागेको मौसमविद्हरूले बताएका छन् । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणाली भित्रिए पनि सरदरभन्दा कम वर्षा भएको छ । आजदेखि भित्रने प्रणाली भोलि बागमती हुँदै कोशी प्रदेशसम्म पुग्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

यो प्रणालीले पहाडी र हिमाली भेगमा उल्लेखनीय वर्षा गराउने पूर्वानुमान गरिएको छ । काठमाडौं उपत्यका र तराईमा भने पानी पर्ने सम्भावना घट्दै गएको बताइएको छ । यसपालि पश्चिम नेपालमा छिटपुटदेखि हल्का वर्षा भए पनि काठमाडौं उपत्यकामा वर्षा भएको छैन ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको बताएको छ । आज बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु लागेको छ ।