काठमाडौं—हालै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्ने घोषणापछि एनजीओको डलर खानेहरु तनावमा छन् । गृह मन्त्रालयले पनि (एनजीओ) हरूले विदेशबाट रकम ल्याएर नेपालमा गरिरहेको खर्च र त्यसको उपलब्धिबारे खोज तलास गर्न थालेपछि डलर खानेहरु झनै झस्किएका हुन् ।
हामीसँग तीन तहको सरकार छ । विभिन्न संवैधानिक निकाय छन् । विकासे अड्डा छन् । नेपाली जनताले निर्वाचित गरेका जनप्रतिनिधि पनि छन् । अनि यी संस्था र सरकारले जे काम गर्छन् त्यही काम गर्न अर्थात सघाउन भन्दै एनजीओ (नन गभर्मेन्ट अर्गनाइजेसन) अर्थात गैर सरकारी संस्थाको विगविगी पनि उत्तिकै छ । वर्षादको च्याँउ र सलहसरी फैलिरहेका एनजीओ÷आइएनजीओ ले विकासमा हातेमालो गर्दैछन् कि अनिकाल निम्त्याउँदैछन् ? अनि सार्वभौम देशका जनताले चुुनेको सरकारभन्दा ठूला डलर खाएर चल्ने संस्था भएपछि तीनले विकास गर्छन् कि विनाश ? अहिले यिनीहरुको शक्ति यतिसम्म बढेको छ कि सरकारजत्तिकै शक्तिशाली बन्दैन् ।
हिजो विकासका पहरेदार भन्दै गाउँगाउँ छिरेका यीनै संस्थाले पञ्चायत, राजतन्त्र ढाल्नेदेखि संविधान बनाउनसम्ममा हस्ताक्षेप गरे भन्ने आरोप लाग्यो । अहिले तीनै संस्थाको मिसन, मिलेर बसेका नेपाली भड्काउने, धार्मिक अनास्था फैलाउने मात्र होइन, गरिवी र अशिक्षाको फाइदा उठाउँदै आर्थिक प्रलोभनमा पारी धर्म परिवर्तनमा समेत सक्रिय भएको सुनिन्छ । एकछिनका लागि यसलाई हलुका विषय भनेर मानिलिउँ । किनकी नेपालको संसदमनै एनजीओ र आइएनजीओको कब्जामा छ । यो देशका न्यायाधीशदेखि शीर्ष नेता नै एनजीओका कार्यक्रममा गएर भत्ता बुझेर आउँछन् । नेताहरु एनजीओकै पैंसा नगकोटमा नाइटस्टे गर्छन् । अनि यी संस्थाले नेपालको भलो चाहन्छन् कि राजनीतिक दल, हाम्रा संवैधानिक निकाय, र नेतालाई नै पथभ्रष्ट बनाएर अर्को संकट निम्त्याउँदैछन् ? बहस वर्षैँदेखि छ । कृषिमा एनजीओ, शिक्षामा एनजीओ, स्वास्थ्यमा एनजीओ । अनि सांसदले पनि एनजीओ चलाउने, व्यापारीले चलाउने । मिडिया एनजीओबाट चल्ने बुद्धिजिवी भनिनेहरु एनजीओबाट चल्ने । यस्तो किन भइरहेको छ ? यी संस्थाको नियमनमा सरकारले किन ध्यान दिएको छैन त ? बाँकी भिडियो सहित ।


प्रतिक्रिया