काठमाडौं—प्रधानमन्त्री केपीशर्मा ओलीले युवाहरुलाई सशक्तबनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको बताएका छन् ।
आज प्रजातन्त्र दिवसको अवसर पारेर सैनिकमञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोध नगर्दै उनले राष्ट्रको समृद्धि र जनताको सुख नै परिपूर्ण लोकतन्त्र भएको उल्लेख गरे ।
युवा पुस्ता देशको भविष्य भएको भन्दै उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअप मार्फत उद्यमशीलताको थालनी गरिएको बताए । लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै, समाजमा व्याप्त असमानता, गरिवी र भ्रष्टाचारलाई हटाउँदै लैजाने प्रतिवद्धता जनाए ।


प्रतिक्रिया