राजनीति

गगनको देश दौडाहाले कांग्रेसी अत्तालिए, देउवा दैलोले दिएन निकास


नेपाली कांग्रेसको आगामी महाधिवेशनमा शेरबहादुर देउवा पार्टी नेतृत्वका लागि फेरि उठ्न नपाउने प्रावधानका कारण उनको उत्तराधिकारी बत्रे होडबाजीमा दोस्रो तहका नेताहरू लागेका छन् । तर, महामन्त्री गगन थापाले आफूलाई सभापतिको रेसमा उतारेर देश दौडाहामा लाग्दा देउवाका उत्तराधिकारी बत्र तम्सिएकाहरूको छटपटी पनि बढेको छ ।

तीन वर्षअघि नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएसँगै शेखर कोइराला १५ औं महाधिवशेनको तयारीमा जुटेका छन् । अहिले सार्वजनिक मञ्चतिर पनि सदन र सरकारका विषयभन्दा पनि शेखरको प्राथमिकता कार्यकर्ता भेट्ने र सङ्गठन बनाउनमै केन्द्रित हुने गेरेको छ । सभापतिका लागि शेखरको दौडधुपमा कुनै चासो नदेखाएका कांग्रेस नेताहरू अहिले शेखरकै समूहबाट महामन्त्री बनेका गगन थापाको दौडाहाबाट भने त्रसिद बनेका छन् । शेखरको कित्ता छोडेर देउवा निकट भएको सङ्केत गरेका गगनले आगामी महाधिवेशनमा सभापतिको रेसबाट पछि नहट्ने गरी सक्रियता बढाएका छन् । साथै आफ्नो छुट्टै गुट बनाउन गगन सक्रिय भएपछि देउवा निकट नेताहरूको पनि सात्तो गएको छ ।

कांग्रेसभित्रका युवा पुस्तालाई आकर्षित गर्न गगन पार्टीमा भएको प्रावधानलाई सच्याउने रणनीतिमा छन् । कांग्रेस हुनैबाट वञ्चित गराउने क्रियाशील सदस्यता वितरणलाई कडाइ गर्नेभन्दा पनि खुकुलो बनाउने नीति गगनले लिएका छन् । क्रियाशील सदस्यता लिने बित्तिकै केन्द्रीय सदस्य लड्न पाउनु पर्ने व्यवस्था हुनु पर्ने पक्षमा उनी देखिन्छन् । जसले गर्दा युवाको ठूलो जमातले आफूलाई साथ दिने उनको विश्वास छ । गगनले ८४ अघि नै महाधिवेशन हुन्छ भन्दै सार्वजनिक मञ्चमा बोल्नुमा पनि उनको स्वार्थ लुकेको छ । किनभने ८४ पछि महाधिवेशन हुने भयो भने आमनिर्वाचनको टिकट देउवाले नै बाँड्ने छन् । जसले गर्दा टिकट पाउनकै लागि भए पनि नेताहरूले देउवाको साथ छोड्ने छैनन् । त्यसैले देउवा सभापति नबत्रे भएपछि दोधारमा रहेका नेताहरूलाई आफूतिर तान्न पनि तोकिएकै समयमा महाधिवेशन गराउन गगन तातिएका छन् ।

गगनको सक्रियताले देउवा गुटमा रहेका नेताहरू झस्किदै आन्तरिक छलफलमा जुटिरहेका छन् । गत फागुन २ गते कृष्णप्रसाद सिटौलाको नेतृत्वमा दोस्रो पुस्ताका ११ नेताहरू देउवा समूहलाई एकढिक्का राख्नु प¥यो भन्दै बूढानीलकण्ठ पुगेका थिए । करिब साढे दुई घण्टामा अधिकांश समय गगनकै विषयमा छलफल गरेका उनीहरूले १५ औं महाधिवेशनका लागि आफ्नो समूहबाट पनि तयारी थाल्नु पर्ने आशय व्यक्त गरेका थिए । तर, देउवाबाट अहिले नै महाधिवेशनबारे छलफल गर्नु आवश्यक नभएको जवाफ पाएपछि आफूलाई देउवाका उत्तराधिकारी ठात्रेहरू गगनको रापतापबाट झन् झस्किएका छन् । उनीहरू अहिले आफ्नो व्यक्तिगत महत्वाकांक्षा राखेर नेतृत्वको दौडमाभन्दा पनि पार्टी निर्माणसँगै एकीकृत र सद्भाव कायम गर्नुपर्ने भन्दै महाधिवेशनको कुरा गर्ने बेलै नभएको तर्क गर्न थालेका छन् ।

आम निर्वाचिन पछि मात्रै पार्टीको महाधिवेशन गर्न पाए पार्टी एकढिक्का हुने भन्दै देउवाले ०८४ पछि नै महाधिवेशन गर्ने सङ्केत गरेका छन् । देउवालाई विगतमा सभापति जिताउन भूमिका खेल्नेहरू र सभापति बन्नकै लागि निकट रहेकाहरू उत्तराधिकारी टुंग्याउन देउवाकै दैलोमा पुगे पनि निराश बनेका छन् । देउवापछि को ? भत्रे विषय अझै नटुंगिदा आफूलाई उत्तराधिकारीको आकांक्षी ठान्ने ११ जना नेताहरू अलमलमा परेका छन् । उनीहरूले न देउवाको साथमा आफ्नो राजनीतिक भविष्य सुनिश्चित देखेका छन् न त शेखर गगन जस्तो छुट्टै हिँड्ने आँट गर्न सकेका छन् । गगनदेखि डराएर उनलाई काउण्टर दिन रणनीति बनाउन तम्सिएका देउवाका उत्तराधिकारीहरू देउवाबाटै निराश बनेका छन् ।

१४ औं महाधिवेशनमा देउवासँग सैद्धान्तिक रुपमा भिडेर उदाएका गगन अब पार्टी सञ्चालनमा देउवासँग भिडेरभन्दा पनि मिलेर जाने निष्कर्षमा पुगेका छन् । गगनले देउवा फकाइरहेको र देउवाले पनि अहिलेसम्म आफ्ना उत्तराधिकारीको टुंगो नलगाउँदा दशकौंदेखि देउवाको साथ दिँदै आएका र देउवापछि कमाण्ड सम्हाल्ने हुटहुटीमा रहेका नेताहरू गगनको सक्रियताले छटपटीमा छन् । संसदीय दलमा देउवासँग हारेपछि सभापति नबनेसम्म देशको प्रधानमन्त्री बन्न नसक्ने बुझेर आफ्नो रणनीति फेरेका गगन देउवासँग मिलेरै पार्टीको गतिविधि अगाडि बढाउन खोजिरहेका छन् ।