काठमाडौं—भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थीहरूसँग भएको दुव्र्यवहारको घटनामा माफी मागेको छ । क्याम्पसका उपकुलपति प्रा. सरनजीत सिंहले १६ फेब्रुअरी २०२५ को साँझ क्याम्पसमा भएको अप्रिय घटनाबाट आफूहरू स्तब्ध रहेको बताएका हुन् ।
दुई अधिकारीहरूले विद्यार्थीहरूको बारेमा गरेको टिप्पणीहरू अत्यन्तै गैरजिम्मेवारपूर्ण रहेको भन्दै ती टिप्पणीहरू उनीहरूको व्यक्तिगत क्षमतामा क्षणिक रूपमा गरिएको उनको भनाई छ । त्यसलाई क्याम्पसले समर्थन नगर्ने विज्ञप्तिमा भनिएको छ । उनीहरूलाई क्याम्पसबाट निलम्बन गरेको जानकारी दिँदै उनीहरूले पनि आफ्नो व्यवहारको लागि माफी मागिसकेको सिंहले बताएका छन् ।



प्रतिक्रिया