काठमाडौं— हेर्दा सामान्य तर सम्वेदनशील घटना फागुन तीन गते शनिबार पोखरामा घट्यो । जुन घटनालाई धेरैले बेलुनमा भरेकोे ग्यासका कारण आगोको लप्काले भेट्दा विस्फोट भएको भन्दै सिंगो घटनालाई नजरअन्दाज गरे । तर बेलुन विस्फोटको घटनाको २ सेकेन्डको फुटेजलाई हेरेर जति सामान्य रुपमा लिइएको छ, त्यो भन्दा गम्भीर पाटाहरु पनि छन् ।शनिबारका लागि तय भएको ‘पोखरा भ्रमण वर्ष–२०२५’ घोषणा कार्यक्रममाप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रुपमा सहभागी हुने भनिएको थियो । तर कार्यव्यवस्तताका कारण उनी जान पाएनन् । प्रधानमन्त्री सहभागी हुन नसक्ने भएपछि सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन अर्थमन्त्री पौडेल पोखरा पुगेका थिए । पोखरा भ्रमण वर्ष घोषणाका लागि आयोजित समारोहको उद्घाटनका क्रममा बेलुन उडाउने तयारी हुँदै गर्दा एक्कासी विस्फोट हुँदा आगोको लप्कामा अर्थमन्त्री पौडेलसँगै पोखराका मेयर धनराज आचार्य पनि परे ।आयोजकले आवश्यक सतकर्ता नअपनाउँदा दुर्घट्ना हुन पुगेको देखिन्छ । त्यसो त हाइड्रोजन ग्यास र आगोको संयोजनलाई पक्कै पनि भवितव्य भन्न मिल्दैन । सामान्यतः आकाशमा उडाउन बेलुनमा हिलियम ग्यास भरिनु पर्ने हो । जुन प्रज्ज्वलनशील नहुने रङविहीन ग्यास भएकाले सुरक्षित मानिन्छ । जब कि हाइड्रोजन प्रज्ज्वलशील ग्यास हो । तर उद्घाटनमा उडाउन ठिक्क पारिएको बेलुनमा किन हाइड्रोजन ग्यास भरियो ? कसको निर्देशनमा भरियो ? लगायतका प्रश्न उठेको छ । जसलाई प्रहरीले अनुसन्धान गर्ने पाटोको रुपमा हेरिएको छ । यस्तै फायर क्यान्डिल बलिरहेको स्थान नजिकै बेलुन दिन आउने व्यक्तिले लगेको देखिन्छ । त्यसतर्फ हाइड्रोजन भरिएको बेलुन लैजाँदै गर्दा कुनै सावधानी अपनाइएको देखिँदैन । कार्यक्रमलाई भव्य बनाउने ध्याउन्नमा प्रज्ज्वलनशील हाइड्रोजनले भरिएको बेलुन उडाउने तयारी हुँदै गर्दा फायर क्यान्डिल पनि सँगै बलिरहेको थियो । अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई बेलुन दिनेक्रममा आगो उडिरहेको स्थान नजिकै लगेर दिएका थिए ।
जब कि सावधानी अपठाउनु पर्ने ठाउँमा बेलुन दिने र दिन लाउनेबाट लापरबाही भएको देखिन्छ । अर्थमन्त्री मुख्य अतिथि भएको कार्यक्रममा सुरक्षा सतर्कता र सावधानीका साथै पूर्व तयारीहरु पूर्ण रुपमा गरेको देखिँदैन । यसले सिंगो प्रहरी प्रशासन र आयोजकको लापरबाहीलाई प्रष्ट पारेको छ ।फायर क्यान्डिल बालेसँगै कार्यक्रम लगभग सुरु भइसकेको थियो । अर्थमन्त्री पौडेल पनि स्टेजमा उक्ली सकेका थिए । त्यही बेला उनलाई बेलुन उडाउन पुनः तल बोलाइन्छ । यही क्रममा उडाउन लागिएको बेलुनलाई आगोले समात्दा एक्कासी विस्फोट हुन पुग्छ । विस्फोटसँगै हावामा बलेको आगोको लप्कामा अर्थमन्त्री पौडेल र मेयर आचार्य पर्छन् । यस घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । साथै, छानबिन समिति नै गठन गरिएको छ ।प्रारम्भिक रुपमा अनुसन्धान भइरहेको कास्की जिल्ला प्रहरीले बताएको छ । पहिलो चरणमा मुचुल्का उठाएको र बेलुनमा ग्यास भर्नेमाथि अनुसन्धान चलिरहेको कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिएका छन् । घटनामा केही लापरबाही देखिएको र थप अनुसन्धान भइरहको उनले बताए ।
यस घटनाको छानबिनका लागि केन्द्र सरकारले छानविन समिति बनाएको भए पनि जिल्ला तहमा छानविन समिति नबनेकोजिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । प्रहरीले अनुसन्धान गरिरहेकाले अनुसन्धान सकिए पछि आउने प्रतिवेदनमा थप तथ्य खुल्ने कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको भनाइ छ । अहिले घटनाको गम्भीर रुपमा अनुसन्धान भइरहेको उनी बताउँछन् ।
बेलुन विस्फोट घटनाबारे छानबिनका लागि प्रतिनिधिसभा बैठकमा समेत सांसदहरुले आवाज उठाएका छन् ।घटना कसरी र कसको कमजोरीले घट्यो ?, यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्ने सुनिश्चिताका लागि आवश्यक कदम चालिनु पर्ने भन्दै छानबिनका लागि माग गरियो ।
यसैबीच, बेलुन विस्फोटमा परी अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएको घटना छानबिन गर्न आठ सदस्यीय समिति गठन गरिएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन गरेका हुन् ।समितिमा एक जना विस्फोटक पदार्थ विज्ञसमेत रहने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ । समितिले आइतबारदेखि नै काम थालेको छ । बेलुन विस्फोट घटना के कसरी भयो? भन्नेबारे विस्तृत छानबिन र आगामी दिनमा यसप्रकारका कार्यक्रम गर्दा अवलम्बन गर्नुपर्ने सतर्कताका उपायसहितको प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको गृह मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया