Breaking

प्रश्नको जवाफ दिनुको सट्टा प्रधानमन्त्री भागे,नियमापत्ति गर्दा सभामुखले बन्देज लगाए : प्रभु साह


काठमाडौं—आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले आफ्ना प्रश्नबाट भागेर प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी शासनको उपहास गरेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसद साहले ओलीलाई विभिन्न ८ वटा प्रश्न गरेका थिए ।

तर, प्रधानमन्त्री ओलीले ती प्रश्नहरूको जवाफ दिएनन् । बरु, उनले रोष्ट्रमबाटै आक्रोश पोखेका थिए । संसद्को उक्त घटनापछि संसद् भवन परिसरमै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले लोकतन्त्रमा जनताका प्रश्नको जवाफ दिन सक्नुपर्ने बताए । उनले ४ दिनअघि नै प्रश्न दर्ता गरेको बताएका थिए । सांसद साहले प्रश्नहरूको जवाफ दिनुको सट्टा प्रधानमन्त्री भागेको आरोप लगाएका छन् । उनले आफूले नियमापत्ति गर्दा पनि सभामुख देवराज घिमिरेले बन्देज लगाएको आरोप लगाए ।

उनले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको औचित्य पनि आजबाटै सकिएको जिकिर गरे । सांसद साहले सोधेका प्रश्नहरू विरोध, घृणा, आक्रोश आदीले अपमानजनक पनि रहेको बताउँदै प्रधानमन्त्री ओलीले जवाफ दिएनन् ।

उल्टै प्रधानमन्त्रीले प्रश्न गरेका थिए, ‘संसद्जस्तो गरिमामय ठाउँमा यस्तोवाला भाषा कि विदेश युवा पठाएर के लाभ भयो जस्ता भाषा, के म मेनपावर व्यवसायी हो ?’