काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा एक सांसदले सोधेको प्रश्नलाई लिएर आपत्ति जनाएका छन् । उनले प्रश्नको जवाफ नदिइकन पन्छाए । सांसद प्रभू साहले नेपालीहरुलाई विदेशिनबाट रोक्न नसकेकोदेखि अध्यादेश पारित गर्न बहुमत जुटाउन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।
जवाफ दिने क्रममा प्रधानमन्त्रीले सुरूमै असन्तुष्टि जनाएका थिए । प्रधानमन्त्रीले बोल्दै गर्दा साहले प्रतिवादका लागि माइक समातेर उभिए । तर, दोहोरो बहस नहुने भन्दै सभामुख देवराज घिमिरेले उनलाई आसन ग्रहण गर्न लगाए । त्यसपछि प्रधानमन्त्रीले आफ्नो जवाफ छोट्याए । उनले प्रश्नको उत्तरमा प्रवेशै गरेनन् । ओली, भने ‘माननीयज्यूले गर्नुभएका प्रश्नमा खासै जवाफ दिनुपर्ने छैन । सबैको जवाफ आफैंले बोकेर आउनुभएको छ प्रश्नमा । मैले उत्तर दिइरहनु परेन । यहाँलाई धन्यवाद छ ।’


प्रतिक्रिया