काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले समस्यामा परेका सबैको समान रूपमा उद्धार र उपचार हुनुपर्ने बताएकी छन् । तर, राज्यको व्यवहार सर्वसाधारण नागरिकका लागि एक र भीआईपीका लागि अर्को व्यवहार हुने गरेको उनको भनाइ छ । आइतबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले समस्यामा परेका सबैको समान रूपमा उद्धार र उपचार हुनुपर्ने बताएकी हुन् । सांसद कठायतले पोखरामा भएको घटना र कमलपोखरीमा भएको घटना दृष्टिकोणमा दुवै उही प्रकृतिको गम्भीर दुर्घटना भएको र कमलपोखरीको दुर्घटना अझ बढी गम्भीर भएको उनले बताईन् ।
शनिबार पोखरामा बेलुन पड्किएर त्यसको जलनबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् । दुवैलाई उपचारका लागि हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको छ । पौडेल र अचार्यको स्वास्थ्य लाभको काम गर्दै सांसद कठायतले उद्धारमा भने राज्यले कमलपोखरीको दुर्घटनालाई कम महत्त्व दिइएको बताइन् । काठमाडौंकै कमलपोखरीस्थित शानदार मःम सेन्टरमा ग्यास सिलिन्डर पड्केर आगलानी भएको थियो । उक्त आगलागीबाट पीडित भएकामध्ये चार जनाको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया