Breaking

हमास समुहद्धारा तीन इजरायली बन्धकको आज रिहा हुदै


हमासले शनिबार बन्धकमुक्त हुने तीन जनाको सूची इसराइललाई दिएको छ।

इसराइलले युद्धविरामका सर्तहरू उल्लंघन गरेको आरोप लगाउँदै योपटक बन्धक रिहाई केही ढिला गर्ने जानकारी यसअघि हमासले गराएको थियो।

त्यसपछि हमासले सम्झौता अनुसार बन्धक रिहा नगरे वा रिहा गर्न ढिलाई गरे गजामा आक्रमण गर्ने धम्की इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले दिएका थिए।

यसले इसराइल हमासबीच १५ महिनापछि रोकिएको युद्ध पुनः सुरू हुने त्रास पैदा भएको थियो।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कतारी र इसराइली मध्यस्तकर्ताहरुको लगातार प्रयासका कारण हमासले शनिबार निर्धारित समयमै बन्धक रिहा गर्न लागेको हो।

शनिबार रिहा हुने तीनै जना बन्धक पुरूष छन्।