काठमाडौं— हाल देशमा पश्चिमी यायुको आंशिक प्रभाव रहेको छ । आज कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानीको तराईका केही स्थानहरुमा हुस्सु÷कुहिरो लागेको अवस्था छ । दिउँसो पनि कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
तर, कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। रातको समयमा पनि कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ महाशाखाले जनाएको छ ।


प्रतिक्रिया