काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी ऐन बनाउन संसदमा विधेयक ल्याउने बताएका छन् । आज नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक दल सम्बन्धी कानूनको अभाव रहेको भन्दै अभाव परिपूर्ति गर्न विधेयक ल्याउन लागेको बताए । उनले कुनैपनि पार्टी फुटाउने उद्देश्यअनुसार विधेयक नल्याइने पनि स्पष्ट पारे । उनले दुई तिहाईको सरकार भएको समयमा साना मसिना पार्टी फुटाउनुको तुक नरहेको बताए । पार्टी फुटाउने आवश्यकता र सौख आफलाई नरहेको जिकिर गरेका छन् । राजनीतिक दलसम्बन्धी ऐन बनाउन अध्यादेश नभइ विधेयक संसदमा ल्याउने र विधेयक पास गरेर ऐन स्थापित गर्ने बताए ।
प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै अगतिला तत्वलाई बोकेर पार नलाग्ने बताए । अहिले नेपाली काँग्रेस र नेकपा एमालेको सरकार रहेको र काँग्रेससँगको समझदारीमा एमालेले काम गरिरहेको बताए ।


प्रतिक्रिया