काठमाडौं—काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर जलमग्न भएको स्थानमा खानेपानीमन्त्री प्रदीप यादव अवलोकनका लागि पुगेका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का सीईओ अशोक पौडेललाई लिएर मन्त्री यादव केही बेरअघि बबरमहल पुगेका छन् । उनले त्यहाँ पुगेर पाइप फुट्नुको कारणबारे जानकारी लिएका छन् ।
बुधबार दिउँसो बबरमहलमा मेलम्ची खानेपानीको पाइप एक्कासी फुटेपछि नजिकैका सरकारी कार्यालय र बस्ती समेत डुबानमा परेका छन् । थापाथलीस्थित प्रसूति गृहमा समेत प्रभावित हुन सक्ने देखेपछि अहिले सुरक्षा प्रहरी तैनाथ गरिएको छ । काठमाडौं महानगर प्रहरी, नेपाल प्रहरी, नेपाली सेना लगायतले अहिले उद्धारको कार्य गरिरहेका छन् ।


प्रतिक्रिया