Breaking

सामाजिक सञ्जाल विधेयकको विरोधमा नेविसंघको प्रदर्शन


काठमाडौं—सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सरकारले ल्याएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयकको विरोधमा प्रदर्शन गरेको छ। सरकारले राष्ट्रिय सभामा सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता गरी छलफलसमेत अघि बढाइसकेको छ।

नेविसंघले बुधबार माइतीघर मण्डलमा उक्त विधेयकको विरोधमा प्रदर्शन गरेको हो। नेविसंघ केन्द्रीय सदस्य किशोर गुरूङले अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने खालका विधेयक सरकारले ल्याएकोले विरोध गरिएको बताए। उनीहरूले पार्टीको झण्डामा रहेको एक ताराले स्वतन्त्रता भन्ने बुझाउँछ। तर नागरिकको वाक् स्वतन्त्रतामा हस्तक्षेप हुने गरी सरकारले विधेयक ल्याएको भन्दै नेविसंघले विरोध गरेको हो।