काठमाडौं—नेकपा एकीकृत माओवादीका सांसद माधव सापकोटाले वन तथा वातावरण मन्त्रालयको नाम फेर्न प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई प्रश्न सोध्ने क्रममा सांसद सापकोटाले मन्त्रालयको नाम फेर्न प्रस्ताव गरेका हुन् । जलवायु परिवर्तनको बढ्दो प्रभाव न्युनिकरणको निम्ति मन्त्रालयको ध्यान बढी केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । उनले जलवायु परिवर्तनको असर र प्रभावले बहुप्रकोपका संकट झेलिरहेको नेपाल सरकारले यसको सामना गर्न के योजना बनाएको छ भन्दै वनमन्त्रीसमक्ष प्रश्न गरे ।
राजनीति


प्रतिक्रिया