Breaking

राष्ट्रिय सभाबाट अध्यादेश पारित हुन नदिने प्रचण्डको दाबी


काठमाडौं—नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको बताएका छन् । आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिले देशको स्थिति सहज रुपमा अघि बढ्न नसकेको बताए । उनले अध्यादेश राष्ट्रिय सभामा बहुमत पु¥याउन नसक्दा अघि बढ्न नसकेको बताए । दुई तिहाईको सरकार अध्यादेशको बाटोमा जानु नै गलत रहेको बताए । अध्यक्ष प्रचण्डले सरकारमा आफूहरुको ध्यान नरहेको दाबी गरे । प्रधानमन्त्री ओली अहिलेको आन्दोलन, परिवर्तन बर्बाद गर्न र संविधान खारेज गर्न चाहने व्यक्ति भएको आरोप लगाए ।