Breaking

सरकारमा जानका लागि कुनै बार्गेनिङ नगरेको जसपा नेपालका अध्यक्ष यादवको प्रष्टोक्ति


काठमाडौं—जनता समाजवादी पार्टी (नेपाल) काअध्यक्षउपेन्द्र यादवले आफूहरूले सरकारमा जानका लागि कुनै बार्गेनिङ नगरेको स्पष्ट पारेका छन् । आज सिंहदरबारस्थित पार्टी संसदीयदलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा अध्यक्ष यादवले अध्यादेशबारे पार्टीले धारणा बनाइसकेको र संसद्को कार्यसूचीमा चढ्नेबित्तिकै निर्णय सुनाउने बताए । सरकारले हिउँदे अधिवेशनभन्दा अगाडि ल्याएका ६ वटा अध्यादेश संसद्को कार्यसूचीमा चढ्न सकेको छैन । उपेन्द्र नेतृत्वको जसपा नेपाल राष्ट्रियसभा निर्णायक देखिन्छ ।।