Breaking

अहिले सरकारमा जाने अवस्था छैन : उपेन्द्र यादव


काठमाडौं—जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकारमा जाने अवस्था नरहेको बताएका छन् । संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले अहिले सरकारमा जाने कुरा पार्टीलाई बदनाम गराउने प्रोपोगान्डा मात्र भएको बताए । उनले अध्यादेशमा बार्गेनिङ गरिरहेको भन्ने कुराको पनि खण्डन गरे । सरकारले ल्याएका अध्यादेशबारे आफूहरूले विज्ञहरूसँग लगातार छलफल गरिरहेको बताएका यादवले कार्यसूचीमा राख्ने बित्तिकै निर्णय लिने बताए ।