काठमाडौं—निर्धारित समयभन्दा पौने २ घण्टापछि प्रतिनिधिसभाको बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक पौने ३ बजे सुरु भएको हो । बैठकअघि सभामुख देवराज घिमिरेले शीर्ष दलका सचेतकसँगको छलफल गरेका थिए । उक्त बैठक लम्बिएपछि प्रतिनिधिसभाको बैठक धकेलिएको हो । बैठकमा अहिले आकस्मिक समयमा सांसदहरुले आआफ्नो धारणा राखिरहेका छन् । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी र नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरले समसामयिक विषमया धारणा राखेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले आफ्नो धारणा राखिरहेका छन् ।
राजनीति


प्रतिक्रिया