काठमाडौं—आइतबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक २ बज्दा पनि बस्न सकेको छैन ।संघीय संसद भवन, नयाँबानेश्वरमा बस्ने भनिएको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भइसकेको छ । आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेन, २०८१ पेश गर्दैछन् । तर आइतबारको बैठकमा पनि सरकारले सरकारले पुसमा राष्ट्रपतिद्वारा जारी अध्यादेशलाई कार्यसूचीमा राखेको छैन ।
यसअघिको बैठकको कार्यसूचीमा रहेको अध्यादेश अन्तिम समयमा सरकारले फिर्ता लिएको थियो । प्रतिनिधि सभामा दुईतिहाइ बहुमत रहे पनि राष्ट्रिय सभाको अंकगणितले सरकारलाई अध्यादेश अघि बढाउन संकट परेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशबारे निर्णय लिन बाँकी हुँदा सरकारलाई आपत् आइलागेको हो । यादवले संघीय सरकारमा उपप्रधानसहित गृह या स्वास्थ्य मन्त्री र मधेशको मुख्यमन्त्री दिएमात्रै अध्यादेशमा सहयोग गर्ने अडान लिएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले यसबारे निर्णय नदिँ उपेन्द्र बार्गेनिङ गरेर बसेका छन् । अध्यादेश अस्वीकृत भएमा कांग्रेस–एमालेको शक्ति सरकारलाई नैतिक संकट आउनेछ । त्यहीकारण कांग्रेस–एमालेका नेता यादवलाई फकाउन सक्रिय भएका छन् ।


प्रतिक्रिया