काठमाडौं । आज पनि देशका विभिन्न भू–भागमा मौसम बदली भएको छ ।
पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले देशका विभिन्न भू–भागमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया