Breaking

रवि बालेन बोक्दै ओलीमाथि प्रचण्डको आरोप नै आरोप, ओलीले मन्त्रीबाट पैसा उठाँउछन् (भिडियो)


आजको प्रतिनिधिसभा र राष्ट्रिय बैठकमा अध्यादेश प्रस्तुत हुन सकेन् । राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत पुग्ने सम्भावना नभएपछि अध्यादेश प्रस्तुत गर्ने कार्यसूची हटाइएको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई आज अध्यादेश प्रस्तुत नगर्ने जानकारी गराएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए । वैठकमा सत्तारुढ र प्रतिपक्ष सांसदहरुले शू्न्य विशेष समयमा आफना धारणा राखेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले षड्यन्त्रपूर्वक तरिकाले अध्यादेश ल्याएको आरोप लगाएका छन् । उनले सरकार अधिवेशनबाट भागेको आरोप लगाए । साथै अदालतहरुले धरौटीमा छोडिसकेपछि संसदबाट राष्ट्रिय स्वतन्त्र पार्टीकासभापति रवि लामिछानेको निलम्वन न्यायपूर्ण नभएको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब नरहेको बताए ।