Breaking

क्यान्सरका बिरामीलाई किमो निःशुल्क गर्नेगरी व्यवस्था गरिने

योहो संवाददाता

काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा रहेको भन्दै अब त्यसलाई न्युनीकरण गर्न मन्त्रालय लागिपरेको बताएका छन् । पोखराको वडा नम्बर १२ स्थित शिलतादेवी माविबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने अभियानको थालनी गर्दै स्वास्थ्यमन्त्री पौडेलले यस विषयमा स्वास्थ्य मन्त्रालय गम्भीर रहेको बताएका हुन् ।

अहिलेका किशोरी, बहिनीहरू, छोरीहरूलाई भ्याक्सिन उपलब्ध गराउन सक्यौं भने भविष्यमा पाठेघरको मुखको क्यान्सरबाट कसैले ज्यान गुमाउनु नपर्ने स्वास्थ्यमन्त्री पौडेलको भनाइ थियो । त्यसैका निम्ति यो खोप अभियान सुरु गरेको पौडेलले बताए । अहिले खोप अभियानमा सहभागीभन्दा माथिल्लो उमेर समूहलाई पाठेघरको मुखको क्यान्सर पहिचान गर्न स्क्रिनिङ गर्ने र जसमा क्यान्सर देखिन्छ उनीहरूको उपचार गर्ने पौडेलले बताए ।

क्यान्सर लागेको पत्ता लागिसकेकाहरूका लागि उपचार सर्वसुलभ गराउने र उपचार नसक्नेहरुका लागि निःशुल्क गराउने तयारी भइरहेको पौडेलको भनाइ थियो । अबको केही हप्तामा क्यान्सरका बिरामीलाई दिने किमोलाई निःशुल्क गर्नेगरी व्यवस्था गरिने बताएका छन् ।