मनोरञ्जन

किन टिक्दैन कलाकारको विवाह?रंगिन दुनियाको नीरस जीवन

योहो संवाददाता

कलाकारलाई समाजको ऐना तथा आमनागरिकका लागि आदर्श र प्रेरणाको स्रोत मान्ने गरिन्छ । तर, तिनै कलाकारहरुको व्यक्तिगत जीवनमा घटेका विभिन्न घटनाले भने उनीहरुलाई हेर्ने दृष्टिकोण नै फरक हुने गरेको छ । पारिवारिक समस्याका कारण कतिपय नेपाली कलाकारको दाम्पत्य जीवन असफल भइरहेका छन् । विवाह गरेको छोटो समयमै सम्बन्ध विच्छेद गर्नेक्रम बढ्दै गएको छ ।

बाहिरबाट झट्ट हेर्दा सानदार जीवनशैली निर्वाह गरिरहेका कतिपय कलाकारहरुको भित्री पीडा र कथा एकनासको पाइँदैन । केही केही कलाकार वास्तविक जीवनमा समेत खुसी र राम्रो पारिवारिक जीवन व्यथित गरिरहेका छन् । जुन समाज र आम सुभेच्छुकहरुका लागि उदाहरणीयका साथै प्ररेणाको स्रोत पनि हो । तर, कतिपय कलाकारको व्यक्तिगत जीवन यति दुःखदायी र कमजोर हुन्छन् कि उनलाई सम्मान गर्ने तथा आदर्श मान्नेहरु निराश हुनु पर्ने अवस्था छ ।

समाजले आइडल मानेका कलाकारहरुकै जिन्दगी किन विवादित र पारिवारिकटुटफुट्ले गिजोलिँदै गएको छ ? आउनुहोस्, कलाकारितामा सफल भए पनि दाम्पत्य जीवन असफल भएका पुराना तथा वरिष्ठदेखि पछिल्लो पुस्ताका कलाकारहरुको चर्चा गरौँ ।
नम्बर १. मनोज गजुरेल र मिना ढकाल
हास्य व्यंग्यमार्फत दुनियाँलाईहसाउँने कलाकार मनोज गजुरेल आफ्नो पारिवारिक जीवनमा भने असफल सिद्ध भए । झण्डै २० वर्ष पुरानो उनको पहिलो वैवाहिक सम्बन्धलाई कानुनी रुपमै बिट मार्दै जीवनको उत्तरार्धकालमा उनले नयाँ दाम्पत्य जीवनसुरु गरे । गजुरेलकी प्रथम श्रीमती मिना ढकालसँग विभिन्नविवादका घटना छताछुल्ल हुँदा प्रहरी हँुदै हिरासतसम्मको घटना सार्वजनिक भएका थिए ।


नम्बर २.छविराज ओझा र रेखा थापा
कुनै समयका चचिर्त चलचित्र निर्माताछविराज ओझाको हात जस्को टाउकोमा हुन्थ्यो ऊ सुपरहिट बन्थ्यो । ओझाले नै नेपाली फिल्ममा भित्र्याएकी नायिका हुन् रेखा थापा । थापा ओझाकै निर्माणमा बनेका धेरै फिल्ममा मुख्य भूमिकामा देखिन्थिन् । जसले उनलाई नेपाली सिनेजगतमा स्थापित ग¥यो । उनै छवि ओझा र रेखाबीचप्रेम सम्बन्ध हुँदै विवाहसमेत भयो । तर, उनीहरुको वैवाहिक सम्बन्ध धेरै वर्ष टिक्न सकेन ।रेखासँग पारपाचुके पश्चात ओझाले अर्की नायिका शिल्पा पोखरेलसँग विवाहगरे । उनीहरुबीचको सम्बन्ध पनि माना चामलसम्मको मुद्दा हुँदै केही दिन अघि मात्रै अंशबन्डा सहमतिपछि टुंगिएको छ । अंशबन्डा बापत नायिका शिल्पा पोखरेलले चार करोड रुपैयाँ बराबरको घर पाएको चर्चा छ ।
नम्बर ३. एलिना चौहान र विष्णु सापकोटा
सामाजिक सन्जालमा भाइरल बने�