राजनीति

रवि छुट्दा सत्ताको आपत्ति, सूर्य थापाले मुखै खोले

योहो संवाददाता

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतको आदेशपछि रास्वपा सभापति रवि लामिछाने धरौटीमा छुटे । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा आफैं अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले उनलाई परिवारको जिम्मा लगाएको थियो । लामिछाने हिरासत मुक्त भएसंगै रास्वपामा हर्ष छाएको छ भने अन्य दलहरुले धरौटीमा थुनामुक्त हुँदैमा रोइलो गर्नु नपर्ने टिप्पणी गरेका छन् ।

मिसन ८४ भन्दै कुर्लेका रास्वपा सभापति रवि लामिछाने ८३ दिन हिरासत बसार्इंपछि ६५ लाख धरौटी बुझाएर विहीवार साँझरिहा भए।सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा उनी विरुद्धको मुद्दाको थुनछेक बहसपछि देशकै कान्छा न्यायाधीश नीतिज राईको इजलासले६५ लाख धरौटीमा हिरासतमुक्त गर्न आदेश दिएको हो । हाललामिछाने हिरासतमुक्त भए पनिमुद्दाको अन्तिम फैसला नआन्जेलसम्मउनले कास्की जिल्लाअदालत तारिखका लागि धाउनु पर्नेछ । मुद्दाको किनारा कुन रुपमा लाग्छ अहिले नै अड्कल गर्न सकिने अवस्था छैन । यद्यपि, उनले सफाइ पाउँछन् ? वा पाउँदैनन् ? भविष्यमा यसको निर्धारण हुने नै छ। तर हिरासतमुक्त भए पछि लामिछानेले न्यायप्रणालीमाथि विश्व�