अन्तर्राष्ट्रिय

इजरायलमा प्रधानमन्त्री नेतान्याहुविरुद्ध प्रदर्शन, देशव्यापी हडताल


इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सरकारविरुद्ध प्रदर्शन भएको छ ।

हजारौँ मानिस सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि प्रदर्शन सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तेल अभिभ, जेरुसेलम र अन्य धेरै सहरमा इजरायली झण्डा बोकेर प्रदर्शनकारीहरू सडकमा निस्किएका छन् ।

प्रधानमन्त्री नेतान्याहुको सरकारले बन्धकहरूलाई रिहा गर्न हमाससँग सम्झौता गर्नुपर्ने इजरायली नागरिकको माग छ।गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामा सयौँ मानिसलाई बन्धक बनाएको थियो।इजरायलको ट्रेड युनियनले आज देशव्यापी हडतालको घोषणा गरेको छ।

बन्धकहरूको रिहाइका लागि सरकारले जतिसक्दो चाँडो हमाससँग सम्झौता गर्नुपर्ने उसको माग छ।